Logo

टीभीएस एनटर्क-१२५ रेस एक्सपी सार्वजनिक



काठमाडौं, ३ कार्तिक । जगदम्बा मोटर्सले नयाँ टीभीएस एनटर्क-१२५ रेस एक्सपी सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा हिजो (बुधबार) टीभीएसका ब्रान्ड एम्बेसडर नायिका स्वस्तिमा खड्का र नायक प्रदीप खड्काद्वारा नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपीको अनावरण गरिएको हो । जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवाल र भाइस प्रेसिडेन्ट दीपक रौनियारले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् ।

लन्च कार्यक्रमसँगै जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेट एक्सचेन्ज एण्ड फाइनान्स मेला’ नामक एक्सचेन्ज मेला पनि आयोजना गरेको छ । असोज ३१ देखि सुरु भएको यो मेला कार्तिक ५ गतेसम्म भृकुटीमण्डपमा चल्नेछ ।

एक्सचेन्ज मेलामा ग्राहकहरुले कुनै पनि ब्रान्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरु पाउनेछन् । यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मूल्याङ्कनभन्दा सात हजार बढीको मूल्य पाउनेछन् । साथै, नकिन्दै एक लाख रुपैयाँ र किन्दा १० लाखसम्मको नगद छुटको पनि व्यवस्था छ ।

यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ । जसअन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र चार हजार २७७ को मासिक ईएमआईमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot