Logo

सत्ता गठबन्धनको प्रादेशिक भेला सुरुः आज पोखरामा, भोली र पर्सी कहाँ-कहाँ ?



काठमाडौं, कात्तिक ४ । सत्तारुढ गठबन्धनमा आबद्ध तीन दलले चुनावी प्रशिक्षण तीव्र पारेका छन् । संयुक्त चुनावी अभियान अनर्तगत जारी प्रशिक्षण दिन नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता आज पोखरा जाँदैछन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रशिक्षण दिदैछन् । शीर्ष नेताहरुले अहिले ११ बजेबाट गठबन्धन दलका कार्यकर्तालाई प्रशिक्षण दिनेछन् ।

आजै पाँच दलीय सत्ता गठबन्धनले गठबन्धनले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नाराका साथ देशैभर संयुक्त कार्यकर्ता भेला आयोजना गर्न लागेको छ ।

सयुक्त भेला अन्तरगत आजै बुटवलमा पनि भेलाको आयोजना गरिदैछ । त्यस्तैगरी भोली विराटनगर र जनकपुर, आइतबार धनगढी र सुर्खेतमा भेलाको आयोजना गरेर कात्तिक ७ काठमाडौंमा बृहत भेलाको आयोजना गर्ने गठबन्धनको तयारी रहेको छ । गठबन्धनद्वारा अहिले काठमाडौं क्षेत्र नं ७ मा चियापान कार्यक्रम भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्