Logo

आजबाट ‘के घर के डेरा’ र ‘नालापानी’ प्रदर्शनमा



काठमाडौं, कात्तिक ४ । शुक्रबार देशभर ‘नालापानी’ र ‘के घर के डेरा’ को प्रदर्शन सुर हुन लागेको छ ।

आज रिमेश अधिकारीद्वारा निर्देशित चलचित्र ‘नालापानी’ र दीपेन्द्र के. खनालद्वारा निर्देशित चलचित्र ‘के घर के डेरा’ प्रर्दशनीमा आउन लागेका हुन् । चलचित्र नालापानी ऐतिहासिक युद्धमा आधारित रहेको छ । यसले नेपालको नालापानी युद्धको कथालाई बोकेको छ ।

पानी मात्र पिएर आफ्नो देशको रक्षाको लागि युद्ध गरिरहेका नेपालीमाथि अंग्रजले त्यही पिउने पानीको मुहान नै बन्द गरिदिँदा को पीडालाई चलचित्रमार्फत देखाउन खोजिएको छ ।

त्यस्तै, ‘के घर के डेरा’मा काठमाडौंमा घर बनाउने चाहना र त्यसका लागि गर्ने संघर्ष यो चलचित्रको कथामा देखाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot