Logo

चिनियाँ कम्युनिष्ट पार्टीको २० औं कँग्रेसको भू-राजनीतिक महत्व



विपिन देव: चिनियाँ कम्युनिष्ट पार्टीको बीसौं कँग्रेस गत १५ अक्टुबर २०२२ बाट सुरू भएको छ । एक साता चल्ने उक्त सम्मेलनको महत्व विश्व सञ्चार माध्यमले अनवरत रूपमा विश्लेषण र संसलेषण गरिरहेको छ । २३०० प्रतिनिधिहरूको सहभागिता रहेको उक्र वृहत सम्मेलन हरेक पॉच वर्षमा हुने गर्दछ । खास गरेर चीनिया कम्युनिष्ट पार्टीको सदस्य हुनु चीनिया समाजको लागि सबभन्दा महत्वपूर्ण समाजिक प्रतिष्ठा समेत हो ।

रूस-युक्रेन युद्ध, चीन अमेरिकी विवाद, दक्षिण चीन सागरमा चीनिया नीति, ताइवान नीति, ग्लवान द्वन्द जस्ता अनेकौं पेचिलो मुद्दाहरूमा उक्र काङ्ग्रेसले छलफल गर्ने जानकारहरू बुझाई रहेको छ । सन् २०१७ को काङ्ग्रेस भन्दा सन् २०२२ को काङ्ग्रेस हरेक मामिलामा पृथक रहेको छ । अर्थात् विगत पॉच वर्षमा चीनिया नीति परिर्वतित भएको छ । सन् २०१७ मा राष्ट्रपति सी ले खुला बजार र बहुपक्षीय गठबन्धनको पक्षमा अधिकारीक अभिमत राखेका थिए । पश्चिमा पू‘जी, प्रविधि र बजारको आधारमा चीनको आर्थिक कायापलट भएको कुरा चीनिया नेतृत्व पक्तिले स्वीकार गरेका थिए । सन् २०१७ को चीनिया कम्यूनिष्ट पार्टीको काङ्ग्रेसले अमेरिका र यूरोप प्रति लचकिलो नीति अबलम्बन गरेका थिए । तर सन् २०२२ मा राष्ट्रपति सी को राजनीतिक र आर्थिक प्रतिवेदन आक्रामक देखिन्छ । राजनैतिक र आर्थिक प्रतिवेदनमा राष्ट्रपति सीले भूमंडलीकरणलाई समेत प्रश्नको घेरा राखेका छन् । तर सन् १९९० देखि सन् २०१५ सम्म चीनले भूमंडलीकरणको राप र तापले नै गर्दा दोस्रो अंकमा आर्थिक वृद्धि प्राप्त गर्न सफल देखिएको छ । साथ साथै आप्नो राजनैतिक प्रतिवेदनमा ताइवान र अरूपाचलको समेत उल्लेख गरेका छन् । अर्को शब्दमा भन्ने हो भने अमेरिका लगायत भारतलाई सामरिक दवावमा राख्न र उग्र राष्ट्रवादलाई मलजल गर्न राष्ट्रपति सी ताइवान र अरुपाचल प्रति बढि आक्रमक देखिएको छ । राष्ट्रपति सी ले देङ्को नीतिलाई परिमार्जीत गर्न काङ्ग्रेसमा प्रस्ताव राखेको छ ।

देङ्ले दुई अबधि मात्र राष्ट्रपति हुने कम्युनिष्ट पार्टीको नीतिलाई कानुनी रूपमा अनुमोदन गरेका थिए । तर सन् २०२२ को काङ्ग्रेसले उक्र नीतिलाई परिर्वतन गर्दै राष्ट्रपति सी को तेस्रो कार्यकालको लाममोहर लगाउने तयारी गरेको छ । देङले चीनको पश्चिमा सम्बन्धलाई सकारात्मक रुपले व्याख्या गरेका थिए । अर्थात् चीनको विकासको लागि यूरोप र अमेरिकासंगको सामीप्यतालाई देङले जोड दिएका थिए । तर राष्ट्रपति सीले चीनको सम्राज्यवादी सपनालाई साकार गर्न “चीनको सपना” नामक सिद्धान्त प्रस्तावना गरेको देखिन्छ । कम्फुयसीयस सिद्धान्तमा रहेको उक्त अवधारणा अनुसार चीनमा सम्राज्य भित्र रहेको सम्पूर्ण गणराज्यलाई चीनको वर्तमान भूगोलमा गाभ्ने राष्ट्रपति सी को दम्अ रहेको छ । यही नीतिले गर्दा जापानसंग सिनकाकु टापूमा विवाद र दक्षिण चीन सागरमा आसियानको हरेक मुलुकहरूसंग चीनको विवाद रहेको छ । राष्ट्रपति सीको महत्वाकांक्षले गर्दा हिन्द महासागरीय क्षेत्रमा क्वार्ड (अमेरिका, भारत, अष्ट्रेलीया, जापानको गठबन्धन भएको छ भने हिन्दमहासागरीय क्षेत्रमा नै अक्स (अष्ट्रेलिया, अमेरिका र बेलायत)को गठन भएको छ । अष्ट्रेलिया र जापानले चीनिया आक्रमक नीतिले गर्दा आप्mनो सैनिक राज्यमा अभूतपूर्व रुपले बढोत्ररी समेत गरेका छन् । चीनिया कम्प्युनिष्ट पार्टीको काङ्ग्रेसमा सैनिक प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ । ग्लवान कमाण्डमा र्कनेल स्तरका सैनिक समेत काङ्ग्रेसमा सहभागी थियो । अर्थात् अमेरिकी सत्ता र शक्रिलाई चूनौती दिदै संसारको सर्बश्रेष्ठ आर्थिक र सैन्य शक्ति हुने चीनिया कम्युनिष्ट पार्टीको लक्ष्य रहेको देखिन्छ । यही आवरण र नीतिको आधारमा राष्ट्रपति सी ले आप्mनो नेतृत्वलाई आजीवन बनाउ‘ने समेत लक्ष्य राखेको देखिन्छ । हुनत कम्युनिष्ट पार्टीको लागीको यो पहिलो प्रयोग होइन । सन् १९४९ मा माओ सत्ता प्राप्त गरेर बाचुन्जेल सन् १९७७ सम्म सत्ता र शक्तिलाई दोहन गरे । तर राष्ट्रपति सीसंग चूनौतिको चाङ्ग समेत अन्तराष्ट्रिय मुद्रा कोषमा रिर्पोट अनुसरा चीनको आर्थिक विकास दर ३ प्रतिशत मात्र रहेको छ ।

अमेरिका र यूरोपसंगको विवादले गर्दा चीनबाट पू‘जी पलायन मात्र भएको छैन कि चीनको वितरण प्रणाली समेत प्रभावित रहेको छ । चीनले फेस बुक लगायत विभिन्न समाजिक सञ्चालनलाई लगाम कसेता पनि चीनिया समाजको सम्र्पक र सम्वन्ध भुमण्डलीकरण र खुला बजारले गर्दा अनवरत रुपमा बढिरहेको छ । यस अर्थमा चीनिया समाजले प्रजातान्त्र र खुला समाजको रस्वादन गर्न उकुसमुकुस भइरहेको छ । यस्ता चूनौतीको चाङ्गलाई चिर्न राष्ट्रपति सी लचकिलो हुनु पर्ने जानकारहरूको बुझाई रहेको छ । ग्लवान कमाण्डमा कर्नेलको अभिव्यक्ति ग्लोवल टाइम्सले अभिव्यक्त गरेका थिए । अर्थात् राष्ट्रपति सी ले ग्लावनको विवादलाई राजनैतिक रुपमा प्र‘जीकृत गरेका थिए । चीनिया कम्युनिष्ट पार्टीको काङ्ग्रेसको वहस र छलफल चीनिया कम्युनिष्ट पार्टीका मुखपत्र ग्लोबल टाइम्सले सार्वजनिक गर्ने गर्दछ । ग्लोबल टाइम्पसको आधारमा प्रष्ट भन्न सकिन्छ कि राष्ट्रपति सी ले सन् २०४९ सम्म चिनियाँ सैनिकलाई संसारको सबभन्दा श्रेष्ठ र शक्तिशाली सैनिक बनाउन राष्ट्रिय नीति लिएको देखिन्छ ।

http://www.adbl.gov.np


प्रतिक्रिया दिनुहोस्