Logo

जातजातबीच झगडा लगाएर आफ्नो दुनो सोझ्याउनेसँग सचेत हुनुपर्छ : ओली (भिडिओसहित)



काठमाडौं, ४ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातजातबीच झगडा लगाएर आफ्नो दुनो सोझ्याउनेहरुसँग जनता सचेत हुनुपर्नेमा जोड दिएका छन् । आज (शुक्रबार) काठमाडौंको राष्ट्रियसभामा आयोजित आदिवासी जनजातिसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

उनले नेपालमा कुनैपनि जातिको बाहुल्यता नभएको बताएका छन् । सो क्रममा उनले एमाले सरकारको नेतृत्वमा हुँदा देशको विकास र समृद्धिमा ठूलो टेवा पुर्याएको बताएका छन् । उनले एमाले सरकारले हजारौँ किलोमिटर पक्की सडक बनाएको उल्लेख गरे ।

उनले आफूहरु सरकारको नेतृत्वमा हुँदा देशमा रहेका सबै तुइँन विस्थापित गरेको दाबी गरे । सो अवधिमा ४ सय झोलुङ्गे पुल र हजारौँ किलोमिटर पक्की सडक बनाएको उनको दाबी थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot