Logo

नेपालका लागि अमेरिकी राजदूत थम्प्सनले राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र



काठमाडौं, ४ कार्तिक । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले आज (शुक्रबार) र।ष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा पुगेर राजदूत थम्प्सनले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

दूतावासले आफ्नो फेशबुक पेजमार्फत राजदूत थम्प्सनले ओहोदाको प्रमाणपत्र बुझाएको तस्विर सार्वजनिक गरेको छ। पेजमा राजदूत थम्म्पसनको पनि भनाई उल्लेख गरिएको छ । उनले भनेका छन्“नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु मेरा लागि सम्मानको विषय हो । अमेरिका–नेपाल साझेदारीको आगामी ७५ वर्षको सफलताले पछिल्ला ७५ वर्षका उपलब्धिलाई उछिन्नेछ भन्ने कुरा सुनिश्चित गर्न म नेपालको नेतृत्व र नेपाली जनतासँग सहकार्य गर्न उत्सुक छु ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot