Logo

यसकारण बारा ४ छिरे किसान श्रेष्ठ



काठमाडौं, ५ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री किसान श्रेष्ठले बारा ४ को विकासका लागि तनहुँ छाडेर पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवारी दिएको बताएका छन् ।

‘संघीय बजेटको रातो किताबमा हेर्दा थाहा हुन्छ, म २०७४ मा निर्वाचित भएको तनहुँ १ मा कति रकम छ, बारा ४ मा कति छ ? म बारासँग धेरै पहिलेदेखि जोडिएकाले टुलुटुलु हेरेर बस्न सकिनँ । पथलैयादेखि वीरगन्जसम्म औद्योगिक करिडोर छ तर बेरोजगारी समस्या सबैभन्दा चर्को छ । यहाँ  विकास गर्न सकिने अथाह सम्भावना छ । म कायालपट गराउन सक्छु,’ रिपोर्टर्स नेपाल डट कम, प्राइम टाइम्स टेलिभिजन, दिव्यदर्शन टेलिभिजन र नेपाली रेडियो नेटवर्क (एनआरएन) को संयुक्त निर्वाचन बहस ‘मंसिर ४ महासंग्राम’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले भने ।

नेपालको संविधान अनुसार १६५ क्षेत्रबाट उठ्न सकिने भएकाले आफूलाई टुरिस्ट उम्मेदवार भन्न नमिल्ने उनको तर्क छ । गठबन्धनका कारण तनहुँ जिल्ला छाड्नुपरेकोमा कुनै पश्चात्ताप नभएको पनि श्रेष्ठले बताए ।

नेकपा एमालेका उम्मेदवार एवं निवर्तमान सांसद एकवाल मियाले आफूले २०७० मा निर्वाचित भएपछि ८० प्रतिशत भित्री सडक कालोपत्रे गरेको दाबी गरे ।
स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेले निजी क्षेत्रबाट आफूले सिमरा जितपुर अमलेखगन्जलाई उद्योगधन्दा खोलेर र रोजगारी दिएर स्वर्ग बनाएको दाबी गरे ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot