Logo

नेसनल प्याव्सन वाग्मती प्रदेश नवनिवार्चित कार्यसमितको पदस्थापन कार्यक्रम सम्पन्न



काठमाडौं, ५ कार्तिक । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याव्सन) वाग्मती प्रदेशले नवनिवार्चित कार्यसमितको पदस्थापन, दिपावली, छठ तथा नेपाल संवतको शुभकामना आदानप्रदान गरेको छ ।

गत वर्षको फागुनमा सम्पन्न ७औं महाधिवेसनले नारायणकुमार कार्कीको अध्यक्षतामा वाग्मती प्रदेश कार्यसमिति गठन गरेको थियो । सो समितिको उपाध्यक्षमा देवनारायण महतो, नीता श्रेष्ठ, पुण्यराम कवाँ रहेका छन् । त्यसैगरि सचिवमा गेन्द्र लामा, कोषाध्यक्ष विकाश महर्जन, सहसचिव माधवप्रसाद सिलवाल, सहकोषाध्यक्ष साधुराम गैँडा रहेका छन् भने सदस्यमा हरि माझी र लिलाबहादुर शाही रहेका छन् ।

एन प्याव्सन वाग्मती प्रदेशका अध्यक्ष प्रवोध प्रभाकर रिजालको सभापतित्वमा भएको कार्यक्रममा एन प्याव्सनका अध्यक्ष पाण्डव हमाल प्रमुख आतिथि रहेका थिए भने, एन प्याव्सनका राष्ट्रिय सह-अध्यक्ष सुवास न्यौपाने विशिष्ट अतिथि रहेका थिए ।

एन प्याव्सन वाग्मती प्रदेशका पुर्व सहसचिव देवनारायण महतोले स्वागत गरेको कार्यक्रममा उपाध्यक्ष डम्मर कार्की, महासचिव पारशमणि दाहाललगायले बोलेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि हमालले वाग्मती प्रदेशका अध्यक्षलगायतको टिमलाई सफल कार्यकालको शुभकामना दिए ।

कार्यक्रममा बोल्दै महासचिव पारशमणि दाहालले विगतमा कसैले केही गरेन केही भएन भन्दै नकारात्मक कुरा लिएर अघि बढ्नुभन्दा अब यो नयाँ समितिले सुन्दर ढंगले काम गरोस भन्ने आफ्नो चाहना रहेको बताए । त्यसरी अघि बढ्ने क्रममा केन्द्रीय समितिको तर्फबाट सदैव आवश्यक सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै, कार्यक्रममा बोल्दै उपध्यक्ष डम्मर कार्कीकार्कीले सर्वसम्मत चयन कार्यसमितिलाई अन्तिमरुप दिएको भन्दै धन्यवाद दिए ।

 



प्रतिक्रिया दिनुहोस्