Logo

ओलीको आरोप : सरकार र सत्ता गठबन्धन धाँधली गरेर निर्वाचन जित्न रणनीतिमा छ



काठमाडौं, ५ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सत्ता गठबन्धन धाँधली गरेर निर्वाचन जित्न रणनीतिमा रहेको आरोप लगाएका छन् । आज (शनिबार) एमाले ललितपुरले तिहार तथा नेपाल संवतको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले भने,‘जनताको सार्वभौम मताधिकार त्यसलाई खोस्ने, भोट खसाउन नदिने, प्रकारका षडयन्त्र प्रपञ्च गरिरहेका छन् । पैसाको खोलो बगाएका छन्, राज्य संयन्त्रको दुरुपयोग गर्ने त्यस कुकर्ममा यिनीहरू लागिरहेका छन् । देशलाई भिडन्ततर्फ लाने ।’

देशलाई स्थिरता र स्थायित्व हुन नदिने गरी सत्ता गठबन्धन सक्रिय रहेको पनि अध्यक्ष ओलीले बताए । ओलीले निर्वाचनमा पनि सत्ता गठबन्धनले गडबड गर्ने आरोप लगाउँदै भने,बुथ कब्जा गर्नेजस्ता, धाँधली गर्नेजस्ता हरेक कुरामा धाँधली गर्ने हरेक कुरामा तनाव बढाउने यिनीहरूको दाउ छ ।’ file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot