Logo

कमल थापा एमालेको नेता बन्न सक्नुहुन्छः डोरमणि पौडेल (भिडिओसहित)



काठमाडौं, ६ कात्तिक । नेकपा एमालेका नेता डोरमणि पौडेलले बागमती प्रदेशमा एमालेको बहुमत आउने ठोकुवा गरेका छन् । ‘अहिले जनताले एमालेबाहेक अन्यत्र भोट हाल्ने ठाउँ नै छैन । गठबन्धन लोकतन्त्रलाई धरासयी पार्ने बाटोमा लागेकाले बागमती प्रदेशमा एमालेको बहुमत निश्चित छ,’ रिपोर्टर्स नेपाल डट कम, प्राइम टाइम्स टेलिभिजन, दिव्यदर्शन टेलिभिजन र नेपाली रेडियो नेटवर्क (एनआरएन) को संयुक्त निर्वाचन बहस ‘मंसिर ४ महासंग्राम’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौडेलले भने ।

मकवानपुर-१ मा एमालेको उम्मेदवार कमल थापा भएकाले उनी पार्टीको नेता बन्न सक्ने पनि पौडेलले बताए । उनले भने, ‘हिजो कमल थापालाई कांग्रेसले समर्थन गरेको थिएन ? अहिले त उहाँ एमालेकै उम्मेदवार हो । सूर्य चिह्न लिएर उठ्नुभएको छ । उहाँले जित्नुभो भने नेकपा एमालेको ह्वीप मान्नुहुन्छ । उहाँ भोलि एमालेकै नेता बन्न सक्नुहुन्छ ।’ मकवानपुर २ मा विरोध खतिवडालाई महेश बर्तौलाले हराउने दाबी पनि उनले गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot