Logo

गठबन्धनका शीर्ष नेताहरु पहिलोपटक एकैसाथ धनगढीमा



काठमाडौं, कात्तिक ६ । सत्तारुढ गठबन्धनको चुनावलक्षित संयुक्त भेलालाई सम्बोधन गर्न गठबन्धनका शिर्ष नेताहरु धनगढी पुगेका छन्। सत्ता गठबन्धन दलद्धारा आयोजना हुन लागेको प्रादेशीक चुनावी सभालाई सम्बोधन गर्न उनीहरु धनगढी पुगेका हुन्।

धनगढी चटकपुरस्थित सौराई स्क्वाइरमा १२ः३० मा सुरु हुने कार्यक्रमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर एवंम नेपाली कांग्रका सभापति शेरबहादुर देउवा केहिबेर अघि मात्रै धनगढी विमानस्थलमा अवतरण गरेका छन् ।

आजको सभामा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरु उपस्थित रहनेछन ।

गठबन्धनका शीर्ष नेताहरु पहिलोपटक एकैसाथ धनगढी देखिएका हुन् । उक्त टोलीको आजै हेलिकोप्टरबाट सुर्खेत जाने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot