Logo

म केपी ओलीजस्तो फटाहा कुरा गर्न सक्दिनँ : विरोध खतिवडा (भिडिओसहित)



काठमाडौं, ६ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री विरोध खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीले फटाहा कुरा गर्ने गरेको आरोप लगाएका छन् । मकवानपुर–२ बाट आगामी निर्वाचनको लागि प्रतिनिधिसभाको लागि गठबन्धनका साझा उम्मेदवारसमेत रहेका खतिवडाले आफूले केपी ओलीजस्तो फटाहा कुरा नगर्ने र सेन्टिमेन्टल कुरा पनि नगर्ने बताएका हुन् । उनले आफूलाई हराउन मोर्चा मात्र नभएर महामोर्चा आवश्यक पर्ने बताएका छन् ।

ुएमालेका युवा नेता उठाउने नीति हो भने केपी ओली, सुवास नेम्बाङ, ईश्वर पोखरेल किन उठ्या रु राप्ती खोला पारि युवा नेता चाहिने, राप्ती खोलावारि कमल थापा उठाउने रु झापामा बा, यता काका । यस्ता पिपल पाते दहीचिउरे गफ कसले पत्याउने रु मकवानपुरमा आफू लोकप्रिय रहेको, विकासका काम गरेको, केपी ओलीसँग विद्रोह गरेका कारणले मलाई हराउन महामोर्चा नै बनाउनुपर्छ, रिपोर्टर्स नेपाल डट कम, प्राइम टाइम्स टेलिभिजन, दिव्यदर्शन टेलिभिजन र नेपाली रेडियो नेटवर्क (एनआरएन) को संयुक्त निर्वाचन बहस ‘मंसिर ४ महासंग्राम’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले भने । मकवानपुर-२ मा खतिवडाविरुद्ध एमालेका महेश बर्तौला मैदानमा छन् ।

खतिवडाले आफ्नो पहलमा १२, १५ वटा पुल बनेको, चित्लाङमा मदन भण्डारी प्राविधिक विश्वविद्यालय बनेको, चित्लाङ थानकोट सडक विस्तार गरेको, थाहा नगरपालिकामा अक्सिजन प्लान्टसहितको अस्पताल बनाएको आदि कामको फेहरिस्त पनि सुनाए । उनले भने,”म घरघरमा ग्यासपाइप, पानी जहाज, रेल आदि केपी अ‍ोलीजस्तो फटाहा कुरा गर्न सक्दिनँ । सेन्टिमेन्टल कुरा गरेर पनि बस्न चाहन्नँ । पाँच दलीय गठबन्धनसँग एजेन्डा नभए कोसँग छ त ?

केपी ओलीले गणतन्त्रको आन्दोलनमा नगएको आरोप पनि उनले लगाए । खतिवडाले भने,”उहाँ बार्दलीमा एक पेग राखेर काजु टोक्दै बस्नुभयो । कुनै आन्दोलनमा सडकमा आएको एउटा फोटो देखाइदिनूस् । म राजनीति छाडिदिन्छु ।” आफू उठ्ने थाहा भएपछि डोरमणि पौडेल मैदानबाट भागेको आरोप पनि उनले लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot