Logo

यस्तो छ ९ करोड ६७ लाख सदस्य रहेको चिनियाँ कम्युनिष्ट पार्टीको संरचना



एजेन्सी, ७ कात्तिक । चिनियाँ कम्युनिस्ट पार्टीका नेता सी चिनफिङ झन शक्तिशाली बनेका छन् । उनले आफ्ना थप विश्वासपात्रहरुलाई स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीमा स्थापित गरेका छन् ।

सीसीपीका महासचिव सीसहित स्थायी कमिटीमा ७ जना छन् । उनीहरु सीका विश्वासपात्र मानिन्छन् । पोलिटब्युरोमा २४ सदस्य छन् । उनीहरु विभिन्न राज्यहरुका नेता, मन्त्री र सरकारी उच्च पदमा छन् ।

केन्द्रीय कमिटीमा ३८० सदस्य छन् । नेस्नल पार्टी कँग्रेसमा २३ सय प्रतिनिधि छन् । कुल पार्टी सदस्य ९ करोड ६७ लाख १० हजार छन् ।

पोलिटब्युरो स्थायी कमिटीमा सी चिनफिङसहित लि कियाङ, चाओ लेजी, वाङ हुनिङ, काई की, दिङ सुसियाङ र लि सी छन् । चीनको शासन यीनै सातजनाले चलाउँछन् ।



प्रतिक्रिया दिनुहोस्