Logo

साउथाम्प्टनसँग १-१ गोलको बराबरीमा रोकियो आर्सनल



एजेन्सी । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल बराबरीमा रोकिदा टोटेन्हाम हट्स्पर पराजीत भएको छ । गएराति भएको खेलमा आर्सनल साउथाम्प्टनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

सेन्ट म्यारी स्टेडियममा भएको खेलमा आर्सनलको लागि जाकाले गोल गर्दा साउथाम्प्टनको लागि स्टुआर्ट आर्मस्त्रोंगले एक गोल गरे । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा आर्सनल पराजीत हुन पुग्यो ।

बराबरीका बाबजुत आर्सनल ११ खेलबाट २८ अंकको साथ लिगको शीर्ष स्थानमा यथावत रहेको छ भने साउथाम्प्टन १२ खेलबाट १२ अंकको साथ १५ औं स्थानमा रहेको छ ।

गएरातिनै भएको अर्को खेलमा टोटेन्हाम घरेलु मैदानमा न्युक्यासल युनाईटेडसँग २-१ गोलले पराजीत भएको हो । न्यूक्यासललाई जीत दिलाउन क्यालुम विल्सन र मिगुएल अल्मिरोनले समान एक-एक गोल गरे । टोटेन्हामको लागि ह्यारी केनले गोल फर्काएपनि हार टार्न पर्याप्त रहेन ।

जीतसँगै न्युक्यासल १२ खेलबाट २१ अंकको साथ लिगको चौथो स्थानमा उक्लिएको छ भने पराजीत टोटेन्हाम समान खेलबाट २३ अंकको साथ तेस्रो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्