Logo

सञ्चारमन्त्री कार्कीबाट भाइटीका ग्रहण



काठमाडौं, १० कार्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बहिनीको हातबाट भाइटीका ग्रहण गरेका छन् । सञ्चारमन्त्री कार्कीले ललितपुरको भैँसेपाटीस्थित बहिनी तारा थापाको निवासमा शुभसाइतमा टीका ग्रहण गरेका हुन् ।

सञ्चारमन्त्री कार्कीसहित तीन दाजुभाइले टीका ग्रहण गरेको सञ्चारमन्त्रीका स्वकीय सचिव रामजी थापाले जानकारी दिए । उनका अनुसार सञ्चारमन्त्री कार्कीसहित भाइ देवेन्द्र कार्की र डा मृगेन्द्र कार्कीले पनि टीका ग्रहण गरेका हुन् ।

टीका लगाइदिएपछि बहिनीहरूले सञ्चारमन्त्रीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर आदरभाव प्रस्तुत गरेका थिए । सो अवसरमा सञ्चारमन्त्री कार्कीले बहिनीलाई दक्षिणा तथा स्नेहोपहार प्रदान गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot