ईश्वर पोखरेलले दिदीहरुको हातबाट लगाए भाइटीका


काठमाडौं, १० कार्तिक । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भाइटीका ग्रहण गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेलले टीकाको साइतमा आफ्नो निवास काठमाडौंको धापासी भाइटीका ग्रहण गरेका हुन् ।

पोखरेललाई दिदीहरू सावित्रा दाहाल र मेनका पौडेलले भाइटीका लगाइदिनुभएको उनको सचिवालयले जनाएको छ ।