Logo

काठमाडौं–६ मा प्रतिस्पर्धा गर्दै प्रधान–खनाल



काठमाडौं, कात्तिक १२ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न काठमाडौं–६ मा सत्ता र प्रतिपक्षी गठबन्धनका उम्मेदवारहरू आमनेसामने भएका छन्।

गठबन्धनको बलमा कांग्रेस नेता भीमसेनदास प्रधान आगामी परिणाम अझै सहजै आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् भने नेपाल प्रहरीको जागिरबाट अवकाशपछि एमालेबाट उम्मेदवार बनेका सर्वेन्द्र खनाल परिणाम उल्टाउने कसरतमा जुटेका छन्। उनीहरूलाई अन्य दुई दर्जन उम्मेदवारले चुनौती दिइरहेका छन्। ११ जना स्वतन्त्रमध्ये एकजनालाई मात्रै समर्थन गर्ने अवस्था रहे मात्रै दललाई टक्कर दिन सकिने यस क्षेत्रका मतदाताको भनाइ छ। स्वतन्त्र उम्मेदवार समेत यसलाई स्वीकार गर्छन्।

दुईपटक यही क्षेत्रबाट जित हासिल गरेका प्रधान उमेर र अनुभवले पाका हुन्। उमेरले प्रधान ६९ वर्षका भए। खनाल प्रधानभन्दा १३ वर्ष कान्छा हुन्। खनाल राजनीतिमा काँचा हुन्। पूर्वप्रहरी प्रमुख खनाल हालै मात्रै एमाले प्रवेश गरेर पार्टीको राजनीतिका सक्रिय देखिएका हुन्। खनालसँग मतदाताको नजिकको सम्बन्ध पनि कायम छैन।

दुईपटक जित हालिस गरेका प्रधानले बौद्धिक र इमानदार नेताको छवि बनाएका छन्। उनी विवादमा पनि नआएका नेता हुन्। उनले २०७० सालको संविधान र २०७४ सालको प्रनिनिधिसभा निर्वाचनमा जित हासिल गरे। यसअगाडिका निर्वाचनमा पनि यही क्षेत्रमा उम्मेदवार बनेका उनी पार्टीमा समेत एकल वर्चस्व कायम गरेका छन्। मतदातामाझ भिजेको र निकट रहेका उनी २०७४ सालमा यो क्षेत्रबाट जितेपछि मतदातालाई सन्तुष्ट पार्न नसकेको र प्रतिबद्धताहरू तथा विकासका योजनाहरू औसत रूपमा अगाडि बढाउन नसक्दा यो क्षेत्र पछि परेको काँठ क्षेत्रका बासिन्दाको गुनासो छ।

उम्मेदवारसँग नीति, योजना तथा व्यक्तित्वजस्ता पक्ष मतदाताले खोजिरहेका छन्। तर यो क्षेत्रमा नयाँ अनुहारको अजेन्डा हेरेर उम्मेदवार फेर्न चाहे पनि अवस्था सहज छैन। भोट दिन खोजे पनि विश्वस्त भइहाल्ने अवस्था नरहेको यो क्षेत्रका मतदाताहरू बताउँछन्। गठबन्धनले जसरी पनि आफ्ना उम्मेदवार जिताउने पुरै शक्ति प्रयोग गर्ने रणनीतिमा छ। स्वतन्त्रको आधार देखिएको छैन। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot