Logo

स्वर्णिम वाग्लेको सहायक भएर उनैलाई पन्छाउने विश्व पौडेलले मसँग प्रतिस्पर्धा गर्न सक्दैनन्ः सुरेन्द्र पाण्डे



काठमाडौं, १२ कात्तिक । नेकपा एमालेका नेता एवं चितवन १ का उम्मेदवार सुरेन्द्र पाण्डेले गठबन्धनका विश्व पौडेलप्रति कांग्रेस कार्यकर्तामा असन्तुष्टि चुलिएकाले आफ्नो जित सुनिश्चित भएको बताएका छन् ।

‘जनता जहिल्यै परिवर्तन चाहन्छ, छिटो फड्को मार्न चाहन्छ । म त्यसको पक्षमा छु । तर पाँच दलीय गठबन्धनमा कुनै एकरुपता छैन । कांग्रेसमा व्यापक असन्तुष्टि छ । मेरो क्षेत्रमा स्वर्णिम पौडेलजीको चर्चा चलेको थियो । स्वर्णिमको सहायक भएर काम गरेको मान्छे उसैलाई पछारेर आयो भनिरहेका छन् । विश्व पौडेलप्रति पार्टीपंक्तिमा असन्तुष्टि छ । मेरो विजयमा कुनै शंका छैन,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले भने ।

उनले आफूले चितवनमा सबैभन्दा धेरै बजेट लगेकोदेखि सफल अर्थमन्त्री भएको पनि दाबी गरे । पाण्डेले थपे, ‘चितवनमा मैले धेरै बजेट लगें । विकासमा चितवन अघि बढ्यो । म सफल अर्थमन्त्री हुँ । मसँग नेपाल बनाउने एजेन्डा एमालेसँग छ । सुखी नेपाली समृद्ध नेपाल बनाउने मेरो सपना छ ।’

लोथरदेखि सौराहासम्म आरसीसी तटबन्ध बनाएको पनि निवर्तमान सांसद पाण्डेले बताए । बकुलर शक्तिखोर हुँदै जोगिमारा अनि मलेखुदेखि भण्डारासम्म सुरुङ सडक बनाउने योजना पनि उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्