Logo

ट्रोयसलाई पराजीत गर्दै पीएसजी शीर्ष स्थानमा



एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन पीएसजीले जीत हात पारेको छ । शनिबार राति भएको रोमाञ्चक खेलमा ट्रोयसलाई ४-३ गोलले पराजीत गर्दै पीएसजीले शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको हो ।

घरेलु मैदान पार्क डेस प्रिन्सेन्समा भएको खेलमा पीएसजीलाई जीत दिलाउन कार्लोस सोलेर, लियोनल मेस्सी, नेयमार जुनियर र कालियन एम्बाप्पेले समान एक-एक गोल गरे ।

ट्रोयसको लागि मामा बाल्डेले दुई गोल गर्दा एन्टे पालाभेर्साले एक गोल थपे । खेलको तेस्रो मिनेटमै लोपेजको पासमा मामाले गोल गर्दै ट्रोयसलाई शुरुवाती अग्रता दिलाएका थिए । २४ औं मिनेटमा नेयमारको पासमा सोलेरले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा ल्याए ।

५२ औं मिनेटमा विल्सनको पासमा मामाले व्यक्तिगत दोस्रो गोल गर्दै ट्रोयसलाई २-१ गोलको अग्रता दिलाए । ५५ औं मिनेटमा सेर्जियो रामोसको पासमा मेस्सीले गोल गर्दै पीएसजीलाई २-२ गोलको बराबरीमा ल्याए । ६२ औं मिनेटमा मेस्सीको पासमा नेयमारले गोल गर्दै घरेलु टोलीलाई ३-२ गोलको अग्रता दिलाए । ७७ औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।

८८ औं मिनेटमा रिपार्टको क्रसमा पालाभेर्साले गोल गर्दै पाहुना टोलीलाई ४-३ गोलको स्थितिमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा पीएसजी ४-३ गोलले विजयी भयो ।

जीतसँगै पीएसजी १३ खेलबाट ३५ अंकको साथ लिगको शीर्ष स्थानमा यथावत छ भने समान खेलबाट १३ अंक जोडेको ट्रोयस ११ औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्