Logo

आज तीन दलको चुनावी घोषणापत्र सार्वजनिक हुँदै



काठमाडौं, कात्तिक १४। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तीन राजनीतिक दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज घोषणापत्र सार्वजनिक गर्दैछन् ।

माओवादीले केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे कार्यक्रम गरेर ‘प्रतिबद्धतापत्र’ सार्वजनिक गर्ने कार्यक्रम राखेको छ। माओवादीले आज सार्वजनिक गर्न लागेको प्रतिबद्धतापत्रमा राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाईमहत्वका साथ उल्लेख गरेको जनाइएको छ ।

एकीकृत समाजवादीले पनि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा घोषणापत्र सार्वजनिक गर्दैछ । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि अहिले साढे ११ बजे घोषणापत्र सार्वजनिक गर्दैछ । मुख्य दलमध्ये कांग्रेसले प्रतिवद्धता पत्र सार्वजनिक गरिसकेको छ भने एमालेले पनि तयारी गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot