घरको पाँचौं तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु

Reporters Club Nepal Logo

काठमाडौं, कात्तिक १४ । काठमाडौंको बागबजारमा घरको पाचौं तलाबाट खसेर एक बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनकी छोरीको आफ्नै घरको पाँचौं तलाको झ्यालबाट खसेर मृत्यु भएको हो ।

झ्यालबाट खसेर घाइते भएकी दुई वर्षीया रियासा महर्जनको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।