Logo

दुई जना सशस्त्र प्रहरी नायव निरीक्षक निलम्बित



काठमाडौं, कात्तिक १५ । संगठनको आचरण विपरित काम गर्ने दुई जना सशस्त्र प्रहरी नायव निरीक्षक निलम्बनमा परेका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता सप्तरीमा कार्यरत कृष्ण बहादुर मगर निलम्बनमा परेका हुन् ।

उनीहरूमाथि निलम्बनसँगै विभागीय कारबाही प्रक्रिया अगाडि बढाइएको छ । सुवेदीले गत कार्तिक ४ गते निर्वाचन सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारी पुर्‍याएर कार्यालय फर्कने क्रममा सवारी दुर्घटना गराएका थिए ।

त्यस्तै गत असोज २० गते भारतीय भूमिमा मृत अवस्थामा फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवको घटनामा संलग्नता देखिएकाले मगर निलम्बनमा परेका हुन् ।



प्रतिक्रिया दिनुहोस्