Logo

माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी राजदूतबीच भेट



काठमाडौं, कात्तिक १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । मंगलवार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, नेपालमा अमेरिकी लगानी, आपसी सहयोग र सहकार्यबारे छलफल भएको जनाइएको छ ।

भेटमा प्रचण्डले आफूहरु मुलुकको आर्थिक समृद्धिको अभियानमा रहेको बताउँदै यसमा अमेरिकाको सहयोग आवश्यक रहेको बताएका छन् । जवाफमा राजदूत थम्पसनले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न अमेरिका निरन्तर सहयोगका लागि तयार रहेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटवार्तामा आसन्न निर्वाचनसँगै जलविद्युत, पर्यटन र कृषिमा आधारित उद्योग समृद्ध नेपालका प्राथमिकता लगायतका विषयमा समेत छलफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्