Logo

काभ्रे काँग्रेसका प्रभावशाली नेता किन शिव हुमागाईँको पक्षमा खुलेनन् ?



काठमाडौं, १५ कार्तिक । नेपाली कांग्रेस काभ्रेमा असन्तुष्टि चुलिएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनबाट साझा उम्मेदवारको रुपमा शिव हुमागाँई चुनावी मैदानमा छन् । तर, उनको पक्षमा मत माग्नको लागि जिल्लाका प्रभावशाली नेताहरु नै खुलेर लागेका छैनन् ।

काभ्रेका नेताहरु केन्द्रीय सदस्यद्धय गणेश लामा र मधु आचार्य नै अहिले मौन रहेको चर्चा छ । पाँचखालका मेयर क्षेत्रीय सभापति एवम् बागमती प्रदेशका सदस्य होमराज चौलाँगाई, महेश खरेलले अझैसम्म पनि शिब हुमागाँईलाई खुलेर मत मागेको देखिँदैन् ।

शिवको चुनावी प्रतिष्पर्धामा एमालेका प्रभावशाली नेता गोकुलप्रसाद बाँस्कोटा छन् । कांग्रेसकै प्रभावशाली नेताहरुले शिवको पक्षमा माहोल नबनाएपछि गोकलु उत्साही देखिन्छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot