एजेन्सी, १५ कात्तिक । सलमान खानसँग फिल्म जुडवामा देखिएकी अभिनेत्री रम्भा दुुर्घटनामा परेकी छिन् । अभिनेत्रीको कार क्यानडामा दुर्घटना भएको हो । अभिनेत्रीले आफैंले इन्स्टाग्राममा केही तस्विर शेयर गरेर यो जानकारी दिएकी हुन् ।
अभिनेत्रीले क्याप्सनमा लेखेकी छिन्, ‘बच्चाहरूलाई स्कुलबाट उठाएपछि म र बच्चाहरु चढको हाम्रो कारलाई चौराहेमा अर्को कारले ठक्कर दियो! हामी सबै सुरक्षित छौं। सामान्य चोटपटक लागेको छ । मेरो सानो साशा अझै अस्पतालमा छ। कृपया हाम्रो लागि प्रार्थना गर्नुहोस्। तपाईंको प्रार्थनाको अर्थ धेरै छ।’ यी तस्विरहरूमा रम्भाको कार र छोरी साशाको झलक देखाएको छ । उनी अस्पतालको बेडमा सुतिरहेका छन् । उनको वरिपरि डाक्टरहरू छन्। अर्को तस्बिरमा उनको कार दुर्घटनापछि नराम्ररी क्षतिग्रस्त भएको देखिएको छ ।
उनको कार दुर्घटनापछि प्रशंसकहरूले सेलिब्रेटी अभिनेत्री र उनका बच्चाहरूको लागि शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गरिरहेका छन्।
रम्भाले बलिउडदेखि तेलुगु, तमिल, कन्नड, मलयालम, बंगाली र भोजपुरी फिल्ममा काम गरिसकेकी छिन् । यद्यपि अभिनेत्रीले बलिउड फिल्ममा कम काम गरेकी छिन् । सन् २०१० मा उनले व्यापारी इन्द्रन पद्मनाथनसँग विवाह गरिन् । विवाहपछि रम्भाले बलिउडलाई सदाका लागि अलविदा गरिन् र श्रीमानसँग क्यानडा सरिन् । नायिका तीन सन्तानहरु दुई छोरी र एक छोराकी आमा हुन् । उनी सामाजिक सञ्जालमा आफ्नो परिवारसँगको तस्विर र भिडियो शेयर गरिरहेकी छिन् ।




प्रतिक्रिया