Logo

माओवादीका दुई बागीको उम्मेदवारी निष्क्रिय



काठमाडौं, १५ कात्तिक । नवलपरासीमा नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका दुई उम्मेदवारले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका सीता बौडेल र सोही क्षेत्रको प्रदेशसभा ‘क’ मा उम्मेदवारी दिएका चन्द्रकान्त ढकालले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् ।

उनीहरुले एक विज्ञप्ती निकालेर उम्मेदवारी निष्क्रिय बनाएको जानकारी दिए । सत्तागठबन्धनले उक्त निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा ‘क’मा नेपाली कांग्रेस र प्रदेशसभा ‘ख’मा माओवादी केन्द्रलाई सिट बाँडफाँट गरेको थियो । सिट बाँडफाँटबाट उनीहरु असन्तृष्टि भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot