Logo

एमालेले ४० प्रतिशत मत ल्याउँछः विष्णु रिजाल



काठमाडौं, १६ कात्तिक । नेकपा एमालेका नेता विष्णु रिजालले मंसिर ४ को निर्वाचनमा पार्टीले ६ प्रतिशत मत बढाउने दाबी गरेका छन् ।
‘चुनावमा दल र नेताहरुप्रति आलोचना र आक्रोश पोख्नु स्वाभाविक हो । तर नेकपा एमाले बहुमत ल्याउन सक्ने, सरकार चलाउन सक्ने, व्यवस्थित कार्यक्रम भएको पार्टी हो । यसपटक हामी गत स्थानीय तहको निर्वाचनभन्दा ६ प्रतिशत मत बढाउँछौं र ४० प्रतिशत मत पुर्याउँछौं र संसद्को सबभन्दा ठूलो पार्टी बन्छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै रिजालले भने ।
एक सय खर्बको अर्थतन्त्र बनाउने एमालेको घोषणा स्वाभाविक भएको पनि उनले बताए । रिजालले थपे, ‘एमालेको मुख्य एजेन्डा समृद्ध नेपाल सुखी नेपाली हो । त्यसका लागि १ सय खर्बको अर्थतन्त्र चाहनु स्वाभाविक हो । जनताको बढ्दो आकांक्षा हेर्दा त्यति त पुर्याउनैपर्छ । अब पनि हामीले सपना देखेनौं भने हामी त मुर्दाजस्तै हुन्छौं । घिसिपिटी कार्यक्रम लिएर जाँदा जनताले अब विश्वास गर्दैनन् । एमाले पाँच वर्षका लागि स्थापना भएको पार्टी होइन । यसले यस्ता कैयौं चुनाव जित्नु छ ।’



प्रतिक्रिया दिनुहोस्