Logo

जव ७२ जना यात्रु बोक्ने बुद्ध एयर एक जना मात्रै यात्रु बोकेर विराटनगर उड्यो…



काठमाडौं, कात्तिक १६ । नजिकिदो निर्वाचन र तिहार सकेर राजधानी भित्रिनेको बढ्दो संख्याले व्यस्त रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक एक सयको हाराहारीमा आन्तरिक र बाह्य उडानहरु हुँदै आएका छन् ।

पछिल्लो समय हवाई यात्रुको सख्या समेत बढ्दै गएको समयमा टिकट पाउन समेत मुस्किल हुने अहिलेको समयमा मंगलबार बुद्व एयरको जहाज भने एक जना मात्रै यात्रु बोकेर काठमाडौंबाट विराटनगर उडेको छ ।

७२ जना यात्रु बोक्ने बुद्ध एयरको एटिआर जहाज एक जना यात्रु लिएर विराटनगर पुगेको हो । काठमाडौंबाट बेलुका ८ बजे उडान भरेको यू ४ ७१७ को उक्त उडानमा व्यवसायी उद्धव पौडेल मात्रै थिए ।

अहिले तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । राप्रपाको समानुपातिक तर्फ प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका पौडेलले एक्लो उडान भरेपछि समाजिक सञ्जालमा लेखेका छन्, ‘एक्लो यात्रुस् आज साँझ ८ बजेको बुद्ध एयरको काठमाडौं९विराटनगर उडानमा राप्रपा नेता, प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार उद्धव पौडेल एक जना मात्रै यात्रु । रोचक र स्मरणीय यात्रा भएछ उद्धव दाइको । पाइलटले सुनाएछन्, बुद्ध एअरको इतिहासमा पहिलो पटक यस्तो भएको हो । सम्भवतः नेपालको नागरिक उड्डयनको इतिहासमै पहिलो पटक यस्तो भएको हुनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot