Logo

टोनटेनहम च्याम्पियन्स लिगको अन्तिम १६ मा



एजेन्सी । इंग्लिस क्लब टोटेनहम हट्स्पर युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । उसले गएराति समूह चरणको अन्तिम खेलमा फ्रेन्च क्लब मार्सेलीलाई २–१ ले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली स्तब्ध बन्न पुग्यो । स्टेड भिलोडरोमीमा पहिलो हाफको थप गरिएको समयमा चान्सेल एम्बेम्बाले मार्सेलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

५४ औं मिनेटमा क्लेमेन्ट लेन्ग्लेटले टोटेनहमलाई १–१ को बराबरीमा ल्याए । थप गरिएको समयमा पियरे इमिल होज्वर्गले गोल गर्दै पाहुना टोलीलाई २–१ को रोमाञ्चक जित दिलाए ।

यो जितसँगै ६ खेलमा ११ अंक जोडेको टोटेनहमले समूह ‘डी’ को विजेताका रूपमा अन्तिम १६ मा स्थान बनाउँदा पराजित मार्सेली समान खेलबाट ६ अंकका साथ पुछारमा रहँदै बाहिरिएयो ।

यहि समूहको अर्को खेलमा फ्रान्कफुर्टले स्पोर्टिङ सिपीलाई २–१ ले पराजित गरेको छ । यो जितसँगै ६ खेलमा १० अंक जोडेको फ्रान्कफुर्ट दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुग्दा पराजित स्पोर्टिङले समान खेलमा ७ अंकका साथ तेस्रो स्थानमा रहेर युरोपा लिग खेल्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्