Logo

सरकारी खर्चमा डडेल्धुरा जान खोजेपछि आयोगले रोक्यो प्रधानमन्त्री देउवाको भ्रमण



काठमाडौं, १६ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा आज डडेल्धुरा जाने तयारीमा थिए ।

तर, निर्वाचन आयोगले देउवाको डडेल्धुरा यात्रा स्थगित गर्न निर्देशन दिएको छ ।

निर्वाचन प्रचारप्रसारको लागि सरकारी खर्च र सुविधामा डडेल्धुरा जान खोजेपछि आयोगले यस्तो निर्देशन दिएको हो ।

उता, डडेल्धुरामा भने निर्वाचन प्रचारको लागि सबै कार्यक्रम तय भैसकेका छन् ।

आयोगले प्रधानमन्त्री तथा मन्त्रीहरुलाई जिल्ला जाँदा अनमुति लिनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।

सरकारी सेवा तथा सुविधाको दुरुपयोग रोक्नको लागि आयोगले यस्तो कदम चालेको हो । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot