Logo

ललितपुर-२ मा डा. दीपेश केसीलाई पाकाको आशिर्वाद युवाको साथ (तस्बिरसहित)



काठमाडौं, १६ कात्तिक । ललितपुर क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार डा. दीपेश केसीले घरदैलो अभियानलाई तिव्रता दिएका छन् । उनले घर घर पुगेर मतदाताको समस्या बुझ्ने र आफ्ना प्रतिवद्धता जनाउने कार्यलाई गति दिएका हुन् ।

क्रस खुकुरी चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका केसी ललितपुर २ बारे गहिरो जानकार हुनु र उनमा स्थानीय भाषाहरुको पनि ज्ञान हुनुले मतदाताको चासो ह्वात्तै बढेको छ । केसीलाई मतदाताले आशिर्वाद समेत दिइरहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्