Logo

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ



बर्दिया, १६ कात्तिक । नकबजनी चोरी तथा जबरजस्ती चोरी उद्योग मुद्दामा संलग्न रही फरार प्रतिवादी पक्राउ परेका छन् ।
चोरी उद्योग मुद्दामा संलग्न रही फरार प्रतिवादी वारबर्दिया नगरपालिका–२ बस्ने योगेन्द्र ज्ञवालीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत बर्दिया गुलरियाको २०७८ मंसिर १ गतेको फैसलाले नकबजनी चोरी मुद्दामा २ वर्ष ९ महिना २ दिन कैद र ३० हजार रूपैयाँ जरिवाना सजाय तथा जबरजस्ती चोरी उद्योग मुद्दामा १ वर्ष ३ महिना २ दिन कैद र १५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय बानियाभार बर्दियाबाट खटिएको प्रहरीले उनकै घरमा लुकिछीपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

उनलाई आवश्यक कारबाहीको जिल्ला अदालत बर्दिया गुलरियामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दिया पठाएको हो ।



प्रतिक्रिया दिनुहोस्