Logo

कार्यकर्ताहरुलाई प्रचण्डको निर्देशन : ‘गोरखाबाट संसारमा माओवादी देखियोस्’ (भिडिओसहित)



काठमाडौं, १६ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वभरिलाई माओवादी देखाईदिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । उनले भने,‘गोरखाबाट संसारले देख्ने गरी माओवादीले चुनाव जित्नुपर्छ, तपाईँहरु गोरखामा ध्यान दिनुहोस, अन्यत्र मेरो जिम्मा हो ।

आज (बुधबार) गोरखा–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले गोरखाबाट संसारमा माओवादी देखिनुपर्ने बताएका हुन् ।

उनले भने,‘माओवादी स्वाट्ट देश र दुनियाँमा देखियोस् क्या गोरखाबाट, गोरखाबाट संसारमा माओवादी देखियोस्। अरू ठाउँमा कति जित्छ तपाईंहरू चिन्ता नलिनुस् मैले लिएको छु। म सातै प्रदेशमा गएको छु। संसारलाई गोरखाबाट माओवादी देखाइदिने सङ्कल्प सबैले लिनुपर्‍यो।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot