Logo

डडेल्धुरामा शक्ति प्रर्दशन गर्दै देउवा, ४५ गाडी कार्यकर्ता सदरमुकाम ओसारिदै



काठमाडौं, कात्तिक १७ । डडेल्धुरामा वाम लोकतान्त्रिक गठबन्धनले आफ्नो शक्ति प्रदर्शन गर्ने भएको छ। गठबन्धनले बिहीबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रममा शक्ति प्रदर्शन गर्ने भएको हो।

आज दिउँसो साढे १२ बजे जिल्ला सदरमुकामको बसपार्कमा आयोजित चुनावी आमसभामा शक्ति प्रदर्शन गरिने गठबन्धनले जनाएको छ। शक्ति प्रदर्शन गर्न गठबन्धनले गाउँगाउँबाट आफ्ना नेता तथा कार्यकर्ता र समर्थकलाई सदरमुकाम ल्याइरहेको छ।

कार्यकर्ता सदरमुकाममा उतार्न ४५ वटा गाडीको प्रयोग गरिएको लोकतान्त्रिक गठबन्धन डडेल्धुराको दाबी छ। यस्तै प्रधानमन्त्री गृहजिल्ला आउने भएपछि डडेल्धुराको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। देउवा चार दिन जिल्लाका विभिन्न चुनावी सभामा सहभागी हुने कार्यक्रम छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot