Logo

तरुण दल अध्यक्ष विद्वान गुरुङ चुनावी अभियानमा फिल्डमा, ओलीले पाँच वर्ष जनता झुक्याएको आरोप



कैलाली, १८ कार्तिक । नेपाल तरुण दल जिल्ला कार्यसमिती कैलालीले मंसिर ४ को चुनावी अभियान अन्तर्गत आज धनगढीमा चुनावी बृहत् जिल्ला स्तरिय तरुण भेला आयोजना गरेको छ । सो कार्यक्रमको प्रमुख अतिथि नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले बाम लोकतान्त्रिक गठ्वन्धन उम्मेद्वारलाई कैलालीमा पुर्ण रुपले जिताउन तरुण हरुलाइ निर्देशन दिएका छन् । यसअघि ५ वर्षसम्म सरकारको नेतृत्व गरेको एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतालाई झुक्याउने कामबाहेक केही नगरेको आरोप लगाए ।

उनले अहिले राजावादी हरुसङ मिलेर देशमा निरङ्कुस प्रवृत्ति लाद्न खोजेको र डोहोर्याउन खोजेको बास्तविकतालाई तरुणहरु सजग हुनुपर्ने बताएका थिए ।
अध्यक्ष गुरुङले काङ्ग्रेसको बागी उम्मेद्वारहरुको कृयाकलापप्रति तरुणहरुको अर्जुनदृष्टि हुनुपर्ने र तिनिहरुको कार्यको भण्डाफोर गर्न परिचालन हुनुपर्ने भनी बताएका थिए ।

तरुण दल काङ्ग्रेसको भातृ संगठन मात्र नभएर सो संगठन युथ काङ्ग्रेस पनि रहेको उनको भनाई थियो । नेपाली काङ्ग्रेसले पनि थुप्रै युवा उम्मेद्वारहरु उठाएकाले घण्टी ,लौरोहरुले इतिहास कोर्न हिजोको दिनमा के बलिदान ,त्याग र समर्पण गरे भनी प्रश्न गर्दै हिजो राणा ,राजा को तानाशाहि प्रवृत्तिको लडाइ लडेका काङ्ग्रेसका युवा उम्मेदवार हरुलाइ जिताउनु पर्ने आजको आवस्यकता हो भनी अध्यक्ष गुरुङले भन्नुभयो ।

लोकतन्त्रको परिभाषा लाई खिल्ली उडाउदै हिजोको को अभियन्ता भन्नेहरु आज राजावादी पार्टिको पदमा बसि जनतालाई भ्रमको खेती गर्दै हिडेकाहरुलाई येसपालिको चुनावमा देशैभरीबाट नेपाल तरुण दलले सवक सिकाउने कुरा बताउदै कार्यक्रम आयोजना गरेकोमा तरुण दल जिल्ला अध्यक्ष दिपेन्द्र बम लगायत सम्पुर्ण कार्यसमिति एबम उपस्थित तरुणहरुलाइ नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले धन्यवाद दिए ।

कार्यक्रममा गठवन्धनको कैलालि क्षेत्र न।५ को प्रतिनिधिसभा उम्मेदवार डिल्ली राज पन्तज्यु एबम प्रदेश सभा ख को उम्मेदवार प्रकाश देउवाज्युले आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा अध्यक्ष गुरुङलाई तरुण दल कैलाली जिल्लाअध्यक्ष दिपेन्द्र बमले मायाको चिनो प्रदान गरेका थिए । नेपाल तरुण दल कैलाली जिल्ला अध्यक्ष दिपेन्द्र बमज्युको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot