Logo

८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्र छपाइ



काठमाडौं, कात्तिक २० । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइ सकिएको छ । निर्वाचन आयोगले ८ करोड ३ लाख ९४ हजार ५ सय थान मतपत्र छापिएको जनाएको हो ।

आयोगका अनुसार प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचन प्रणालीका लागि कूल १ करोड ९८ लाख ७१ हजार थान प्रदेश सभातर्फ प्रत्यक्षका लागि १ करोड ९९ लाख १८ हजार ५ सय थान मतपत्र छापिएको छ ।

यसैगरी, प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि २ करोड ४ लाख २१ हजार थान र प्रदेशसभा समानुपातिकका लागि २ करोड १ लाख ८४ हजार थान मतपत्र छपाइ भएको हो ।

निर्वाचनका लागि कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५७० कायम भएका छन् । जसमा पुरुष मतदाता ९१ लाख ४० हजार ८ सय ६ तथा महिला मतदाता ८८ लाख ४७ हजार ५ सय ७९ कायम भएका छन् । अन्य मतदाता १ सय ८५ जना छन् ।

आयोगले निर्वाचनका लागि स्थायी मतदानस्थल १० हजार ८ सय ९२ र मतदान केन्द्र २२ हजार २ सय २७ निर्धारण गरेको आयोगका सहायक प्रवक्ता ऋषीराम भुषालले जानकारी दिए । उनका अनुसार जिल्ला निर्वाचन कार्यालयबाट अस्थायी मतदानस्थल १ सय ५४ सिफारिस भएर आएको तर आयोगबाट स्वीकृत भने भइसकेको छैन । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot