Logo

काठमाडौंबाट नगदसहित जुवा खेल्ने १० जना पक्राउ



काठमाडौं,२० कात्तिक । जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–६ नयाँबजार गितान्जली चोक बस्ने राजेश श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका–१ बस्ने ४३ वर्षीय रोशन ठकुरी समेत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख ४२ हजार रुपैयाँ, कौडा १६ वटा र मोबाइल ११ वटा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot