Logo

आज २८ कोरोना संक्रमित थपिए, १८ जना मुक्त



काठमाडौं, २० कात्तिक । नेपालमा आज थप २८ जना कोरोना संक्रमित थपिएका छन् । कुल १ हजार ८ सय ७९ परीक्षणबाट पीसीआरबाट २६ र एन्टीजेनबाट २ जना गरी उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार आज १८ जना संक्रमण मुक्त भएका छन् । संक्रमणबा मृत्यु हुनेका संख्या शुन्य रहेको छ । आज देशभर २६ हजार ५ सय ३८ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

देशभर संक्रिय संक्रमितको संख्या ५ सय ७० रहेको छ ।



प्रतिक्रिया दिनुहोस्