Logo

प्रचण्डको विरुद्धमा भोट मागेपछि बाबुरामनिकट मन्त्री आचार्य बर्खास्त



काठमाडौं, २२ कार्तिक । सत्ता गठबन्धनका तर्फबाट गोरखा–२ का साझा उम्मेदवार पुष्पकमल दाहालविरुद्ध मत मागेपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका छन् । बर्खास्तीमा परेका मन्त्री आचार्य भने बाबुराम भट्टराईनिकट मानिन्छन् ।

उनले गोरखा २ का उम्मेदवार प्रचण्डको विरुद्धमा मत मागेको बुझिएको छ । त्यस्तै, गोरखा २ को (२) मा नेकपा एमालेका उम्मेदवार राजु रानालाई सहयोग गरेको सूचना पाएपछि उनलाई हटाईएको मुख्यमन्त्री पोखरेलनिकट स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot