Logo

टाटाको ईभी उत्पादन ५० हजार पुरा



काठमाडौं, २२ कात्तिक । भारतीय अटोमोवाइल कम्पनी टाटाले आफ्नो इलेक्ट्रीक प्यासेन्जर कारको उत्पादन ५० हजार यूनिट पुरा गरेको छ । कम्पनीले आफ्नो नेक्सन ईभी र टिगोर ईभीको उत्पादन मिलाएर ५० हजार यूनिट पुरा गरेको हो ।

कम्पनीले उत्पादन गरेको ईभीमा सबैभन्दा ठूलो हिस्सा नेक्सन ईभीको छ । टिगोर ईभी नेक्सनभन्दा पछि आएको र यो सेडान कार भएको कारण नेक्सनको तुलनामा यसको बजार हिस्सा कम रहेको छ । कम्पनीले ५० हजार यूनिट पुरा गरेको उपलक्ष्यमा पुर्णे प्लान्टमा एक विशेष कार्यक्रम आयोजना गरेको थियो ।

आफ्नो ५० हजारौं नम्बरमा उत्पादन भएको सेतो कलरको नेक्सन म्याक्सलाई विशेषत यूनिटको रुपमा प्रस्तुत गरेको थियो । कार्यक्रममा टाटा मोटर्सका प्रबन्ध निर्देशक शैलेस चन्द्राले टाटा परिवारको लागि यो सुखद क्षण भएको ताउँदै भने, ‘ग्राहकको माया, विस्वास र विद्युतीय साधन प्रति देखाएको हार्दिकताले यो सफलता सम्भव भएको बताए ।’

टाटाले नेक्सन ईभी स्टायडर्ड र म्याक्स गरी दुई ब्याट्री अप्सनमा उत्पादन गर्दै आएको छ भने टिगोर ईभी एउटा मात्रै ब्याट्री अप्सनमा उपलब्ध रहेको छ । यी दुबै मोडलमा भेरियन्ट भने थुप्रै छनोट पाउन सकिन्छ । टाटाले नेक्सन म्याक्स ईभीमा ४० किलोवाट आवर र स्टाययर्ड मोडलमा ३० किलोवाट आवरको ब्याट्री दिएको छ । टिगोर ईभीमा भने २६ किलोवाट आवरको ब्याट्री उपलब्ध छ ।



प्रतिक्रिया दिनुहोस्