Logo

भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न अध्यक्ष दाहालको निर्देशन



 

काठमाडौँ,२३ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा केन्द्रविन्दु बनाइ गएको भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज एक वक्तव्य जारी गर्दै उनले भूकम्पबाट पीडितलाई राहत तथा पुनःस्थापनाका लागि पहल गर्न, प्रभावित परिवारलाई क्षतिपूर्ति दिन प्रदेश र सङ्घीय सरकारसँग अपिल गरेका छन् । पूर्वप्रधानमन्त्री दाहालले भूकम्पमा परी घाइते भएका व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामना र मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

गएराति डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाएर गएको ६.६ म्याग्निच्युडको भूकम्पबाट घर भत्किँदा छजनाको मृत्यु भएको छ भने अरू ६ जना घाइते भएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्