Logo

घरमा बसिरहेका भगिश्वरलाई खुकुरी प्रहार गरी हत्या



धनकुटा, २३ कात्तिक । खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ छथरजोरपाटी गाउँपालिका–३ काजिमाने पिङडाडा बस्ने ६२ वर्षीय भगिश्वर लिम्बुलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय तेज बहादुर लिम्बुलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै घरमा बसिरहेका भगिश्वरलाई तेजबहादुरले खुकुरी प्रहार गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छथरजोरपाटीबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot