Logo

नियन्त्रित लागूऔषध सहित पक्राउ



रौतहट, २३ कात्तिक । नियन्त्रित लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । चन्द्रपुर नगरपालिका–४ स्थित संजय होटलबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ४५ ट्याब्लेट र कोडिबेल सिरप ३८ बोतल सहित सोही नगरपालिका–६ गुम्बाटोल बस्ने ३२ वर्षीय करण राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय चन्द्रपुर र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै राईले प्रयोग गरेको ना.४७ प २०९९ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot