Logo

चुनाव अवज्ञा गर्न आह्वान गर्दै काठमाडौंमा जुलुश निस्कियो, प्रचण्डमाथि खनिए मोहन बैद्य (भिडिओसहित)



काठमाडौं, २३ कार्तिक । मोहन बैद्य, धर्मेन्द्र बास्तोला, गोपाल किराँती नेतृत्वका कम्युनिष्ट पार्टीहरुले आगामी मंसिर ४ गतेको निर्वाचन अवज्ञा गर्न आह्वान गर्दै आज काठमाडौंमा जुलुश निकालेका छन् । जुलुशपछि आयोजित कोणसभामा मोहन बैद्यले सम्बोधन गरेका थिए ।

उनले अहिलेको सरकारले आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुमाथि धरपकड गरिएको भन्दै आक्रोश पोखे । उनले प्रचण्डले प्रतिगमनविरुद्ध लड्ने भनेपनि अहिले आफ्ना कार्यकर्ताहरुमाथि गरेको दमन के हो ? भन्दै प्रश्न गरे ।

उनले अहिलेको सत्ता र संसदीय व्यवस्थाको विरुद्धमा लड्ने र नयाँ जनवादी सत्ता स्थापना गर्ने पनि घोषणा गरे । उनले मुलुकलाई समाजवादमा नपुर्याएसम्म समस्याको हल नहुने पनि जिकिर गरे । उनले अहिलेको निर्वाचन लोकतन्त्र भनिएपनि बास्तवमा यो निर्वाचन पैसातन्त्र भएको टिप्पणी गरे ।

तस्विर तथा भिडिओ ः:मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot