Logo

‘भबिष्यलाई हेरेर कांग्रेसलाई मतदान’–नेता सिंह



काठमाडौं, २४ कात्तिक । नेपाली कांगेसका नेता प्रकाशमान सिंहले पार्टी र उम्मेद्ववारको त्याग र इतिहासलाई हेरेर मत दिन आग्रह गरेका छन् । लौहपुरुष गणेशमान सिंहको १०८औँ जन्मजयन्तिका अबसरमा राजधानीमा आयोजित कार्यक्रमम बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भबिष्यलाई हेरेर मतदान गर्र्नुपर्ने बताए । ‘मतदान भनेको भबिष्यको भलाईको लागि हो। पार्टी र उम्मेद्वारको त्याग र इतिहासलाई हेरेर मताधिकार प्रयोग गर्नुहोला ।’–उनले भने ।

कार्यक्रममा उनले गणेशमान सिंहको योगदानलाई स्मरण गर्दै सिंहको त्याग र योगदानलाई सबैले मनन गर्नुपर्ने बताए । उनले गणेशमानले मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि ६० बर्षको सक्रिय राजनीतिमा तीन दशक जेलजीवन र निर्वाशनमा विताएको स्मरण गरे ।

‘६० बर्षको सक्रिय राजनीतिमा तीन दशक देशको भविष्यका लागि जेलजीवन र निर्वाशनमा विताउनुभएको थियो,’–गणेशमानको योगदानलाई स्मरण गर्दै उनले भने ।



प्रतिक्रिया दिनुहोस्