विनय रावल जिताउन लोहनी बर्दिया जाँदै, कार्तिक २८ गते नायिका सुष्माले ‘गैरी खेतमा’ बोलको गीतमा डान्स गर्ने


काठमाडौं, २४ कार्तिक । राप्रपाले बर्दियामा यही कार्तिक २८ गते राजापुरको हनुमानगढी मन्दिरमा बृहत्त आमसभाको आयोजना गर्ने भएको छ । सो आमसभामा सम्बोधन गर्नको लागि राप्रपाका बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी जाने तय भएको छ ।

मंसिर ४ गते हुने निर्वाचनमा बर्दिया–२ बाट राप्रपाका विनय रावल प्रतिनिधिसभाको लागि चुनावी प्रतिष्पर्धामा छन् । उनको पक्षमा व्यापक जनलहर देखिएपछि पार्टीका शीर्ष नेताहरुले पनि सो क्षेत्रमा मेहनत गरेका छन् । हालै अर्का वरिष्ठ नेता पशुपतिशमशेर जबरा पनि बर्दिया पुगेका थिए ।

उनले सो क्षेत्रमा सबै उम्मेदवारलाई विनय भारी परेको बताएका थिए । राप्रपा बर्दियाकाअनुसार यही कार्तिक २८ गते हुने बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा भने लोहनीसँगै डा. तिलक रावल, उम्मेदवार विनय रावलले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसका साथै, विविध सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने भएको छ । सो कार्यक्रममा चर्चित नायिका सुष्मा कार्कीले ‘गैरी खेतमा’ बोलको गीतमा नृत्य गर्ने जनाईएको छ भने चर्चित कलाकार अनु चौधरीको पनि प्रस्तुति हुनेछ ।