Logo

नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध पल शाह उच्च अदालत पोखरा पुगे



काठमाडौं, २५ कार्तिक । नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता पल शाहले उक्त अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । उनी जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै आज (शुक्रबार) उच्च अदालत गएका हुन् । शाह भने हाल तनहुँको दमौलीमा कारागारमा छन् ।

शाहको तर्फबाट उनका कानुन व्यवसायी कमलामोहन वाग्लेले पूनरावेदनमा आज निवेदन दिएका हुन् । एक नाबालिकामाथि बलात्कारको आरोप लागेका शाहलाई नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot