Logo

दाङ–२ मा एमालेका शंकरलाई माओवादीकी रेखा शर्माको चूनौति, चुनाव जित्नेमा आशावादी



काठमाडौं, २५ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनमा दाङको क्षेत्र नम्बर २ ले राष्ट्रिय राजनीतिको ध्यान खिचेको छ । यसपटक यो क्षेत्रमा एमालेका हेभिवेट शंकर पोखरेल चुनावी मैदानमा छन् । उता, माओवादी केन्द्रकी प्रभावशाली नेतृ रेखा शर्मा यही क्षेत्रबाट उठेपछि यहाँको प्रतिष्पर्धा रोचक बनेको छ।

०७४ मा सो क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले जितेका थिए । यसपटक पनि महरा नै चुनाव लड्ने चर्चा थियो । तर, पार्टीले यसअघि आफूले जितेको क्षेत्र नम्बर २ मा शर्मालाई प्रतिष्पर्धामा उतारेको छ । शर्मा भने पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार हुन् । गठबन्धनकै कारणपनि आफू जित्नेमा उनी ढुक्क छिन् । उक्त क्षेत्र माओवादी र कांग्रेसकै गढका रुपमा चिनिन्छ ।

रेखाले भने आफूहरुसँग एजेण्डा भएको कारण चुनाव सजिलै जित्ने दाबी गर्दै आएकी छिन् । हालै प्राइम टिभीको चुनावी बहस ‘मंसिर ४ महासंग्राम’ मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा पनि उनले आफूले चुनाव जित्ने दाबी गरेकी थिईन् । उनले आफूहरुको गठबन्धनले राजनीतिक परिवर्तन र संविधानको रक्षा गरेको तर एमालेले भने त्यसलाई उल्टाउन खोजेको आरोप लगाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot