Logo

बाक्लो हुस्सुका कारण धनगढीमा उडान-अवतरण ठप्प



काठमाडौं, कात्तिक २६ । बाक्लो हुस्सुका कारण काठमाण्डौं – धनगढी उडान प्रभावित भएको छ। शनिबार बिहानदेखि हुस्सु लागेकाले उडान प्रभावित भएका हुन्।

हुस्सुका कारण भिजिबिलिटी नभएपनि शुक्रबार बिहान पनि उडान प्रभावित भएको थियो । आजपनि उडान तथा अवतरण हुन सकेको छैन् ।

धनगढी विमानस्थलमा कम भिजिबिलिटीमा उडान गर्नका लागि भिओआरडिएइ उपकरण जडान गरिएको छ। तर, उक्त उपकरणको परिक्षण नभएकाले प्रयोगमा आएको छैन।

ठुला जहाजहरुलाई कम्तीमा एक हजार ६ सय मिटरको भिजिबिलिटी आवश्यक पर्छ ।



प्रतिक्रिया दिनुहोस्