Logo

प्रधानमन्त्री देउवा चितवनमा



काठमाडौं, २६ कार्तिक ।लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा चितवन पुगेका छन् । उनी हेलिकोप्टरबाट भरतपुर विमानस्थलमा पुगेका हुन् ।

प्रधानमन्त्री देउवा त्यहाँबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङको निवासमा पुगेका छन् । गुरुङकी पत्नी शीरमाया गुरुङको कात्तिक २० गते निधन भएको थियो । समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गुरुङनिवास गएका हुन् ।

यसलगत्तै गैँडाकोटका सामाजिक र राजनीतिक व्यक्तित्व स्व तिलक सापकोटाको निवास पुग्ने कार्यक्रम रहेको छ। सापकोटाको यही कात्तिक २३ गते निधन भएकामा परिवारजनमा समवेदना प्रकट गर्न उनी गैँडाकोट जान लागेका हुन् । त्यहाँबाट फर्किएर भरतपुरस्थित गेस्टहाउस चौरमा हुने सभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष केशवलाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीलगायतका नेताले सम्बोधन गर्ने माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए । कार्यक्रमपछि आजै प्रधानमन्त्री देउवासहित शीर्षनेताहरू फर्कने कार्यक्रम रहेको छ । file photo

http://www.adbl.gov.np


प्रतिक्रिया दिनुहोस्